Logo

मुख्य समाचार

एक्सनमा बालेन: मेयर निर्वाचित भएकै दिन सिसडोल र बञ्चरेडाँडा पुगेर गरे अवलोकन



काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले राजधानीको फोहोर फाल्ने ठाउँ नुवाकोटको सिसडोल र बञ्चरेडाँडाको अवलोकन गरेका छन् ।

बालेन औपचारिक विजयी घोषणा भएकै दिन शुक्रबार नै सिसडोल र बञ्चरेडाँडाको अवलोकनमा पुगेका हुन् ।

शुक्रबार मेयरमा निर्वाचित भएपछि काठमाडौंबासीलाई धन्यवाद दिन एक र्‍याली आयोजना गरिएको थियो ।

र्‍याली खुलामञ्चमा पुगेर आमसभामा परिणत भएपछि मेयर बालेन फोहोर व्यवस्थापनका लागि सिसडोल र बञ्चरेडाँडा अवलोकनका लागि पुगेका हुन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ९ : ३९ बजे