Logo

निर्वाचन विशेष

मत जित्न सकिँन तर नगरवासीको मन जित्न सके: सिर्जना सिंह



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरकी प्रत्यासी उम्मेदवार सिर्जना सिंहले आफूले काठमाडौं महानगरपालिकाबासीको मत जित्न नसके पनि मन जित्न सकेको बताएकी छिन् ।

सिंहले बिहिबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत मतदातालाई धन्यवाद दिंदै यस्तो बताएकी हुन् ।

सिंहले महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहलाई बधाई पनि दिएकी छिन् ।

मेयर बालेन साहलाई सधैँ रचनात्मककताका साथ सहयोग गर्ने प्रतिवद्धता समेत उनले जनाएकी छिन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ११ : २४ बजे