Logo

मुख्य समाचार

पेस्तोल र गोलीसहित ललितपुरबाट २ जना पक्राउ



काठमाडौं । ललितपुरको बालकुमारीबाट पेस्तोल र गोलीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-१५ का २० वर्षीय सुरेन्द्र थिङ र ३९ वर्षीय बीरबहादुर बमजन रहेका छन्।

उनीहरुको साथबाट मेड इन यूएएस लेखेको पेस्तोल एउटा, २ थान म्यागजिन र ४ राउण्ड गोली बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ३ : ४७ बजे