काठमाडौं । अमेरिकी म्यागेजिन फोर्ब्सले यो वर्षको एसियाका थर्टी अन्डर थर्टी एसिया अर्थात् ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियाली युवाहरूको सूची सार्वजनिक गरेको छ ।
जसमा नेपालबाट पाँच जना नेपालीहरू सुजित पाठक, सुमित दाहाल, ऐश्वर्या रानी सिंह, निरज काफ्ले र सन्तोष पाण्डे सूचीकृत भएका छन् ।
यस वर्षको सूचीमा चार हजारभन्दा बढी उम्मेदवारहरूले आवेदन दिएकोमा तीन सय जना छनोट गरिएकोमा पाँच जना नेपालीहरू पर्न सफल भएका हुन् ।
सूचीकृत नेपालीहरूमा २९ वर्षीय सुजित पाठक इनग्रेल नेपालका सह-संस्थापक हुन् भने सुमित दाहाल ब्रह्माण्डको उत्पत्ति र विकासको अध्ययनका लागि टेलिस्कोपहरू निर्माण गरिरहेका छन् ।
ऐश्वर्या रानी सिंह महिनावारी स्वच्छता शिक्षा र प्रशिक्षणमा केन्द्रित संस्था पुतली नेपालकी संस्थापक हुन्। निरज काफ्ले रिटेल एन्ड इ–कमर्स’ विधामा सूचीकृत छन् भने सन्तोष पाण्डे अफरिङ ह्यापिनेसका सह-संस्थापक हुन् ।
प्रतिक्रिया