Logo

मुख्य समाचार

यौन दुर्व्यवहारको आरोपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कर्मचारी निलम्बित



काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक कर्मचारी निलम्बनमा परेका छन् ।

इन्टर्नसिपमा आएकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा तालिम अधिकृत विजयकुमार झा निलम्बनमा परेका हुन् ।

ती युवतीले आफूमाथि यौन दुर्व्यवहार भएको भनेर दिएको निवेदनमाथि अनुसन्धान हुँदा दोषी देखिएपछि झालाई निलम्बन गरिएको परिषदको भनाइ छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १ : ३२ बजे