Logo

मुख्य समाचार

शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थीहरुले प्रहरी वृत्त गौशालामै पुगेर गरे प्रदर्शन



काठमाडौं । शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित भएका छन् ।

शिक्षकले कलेजमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको भन्दै क्याम्पस भरीका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्।

शिक्षक जनार्दन अधिकारीले छात्राहरुमाथि यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

कलेज प्रशासनलाई बारम्बार जानकारी गराउँदा पनि बेवास्ता गरेको भन्दै विद्यार्थीहरुले प्रहरी वृत्त गौशालामै पुगेर प्रदर्शन गरेका हुन् ।

घटनाका बारेमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १२ : २० बजे