Logo

Breaking News 1

रुखमा खसेको भोट आफ्नो कायम हुनुपर्ने माग गर्दै काठमाडौं महानगरको उपमेयर उम्मेदवार श्रेष्ठले दिए निवेदन



काठमाडौं । गठबन्धनकातर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले रुखमा खसेको भोट आफ्नो कायम हुनुपर्ने माग गर्दै निवेदन दिएका छन् ।

श्रेष्ठले सोमबार निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् । कलम र रुख दुवैमा खसेको मत आफ्नो हुनेपर्ने माग श्रेष्ठको रहेको छ ।

रुख र कलम दुवैको साझा उम्मेदवार आफू भएकाले दुवैमा खसेको मत आफ्नो कायम हुनुपर्ने माग श्रेष्ठको रहेको छ । श्रेष्ठका अनुसार उपप्रमुखमा करिब ३८ हजार मत बदर भएको छ।

उम्मेदवार नभएको निर्वाचन चिन्हमा मात्र मत सङ्केत गरिएको मतपत्रलाई सो पदका हदसम्म मात्र बदर गर्नुपर्नेमा प्रतिस्पर्धीद्वारा नै नभएका कलम र रुख चिन्हमा मतसङ्केत भए पनि आफू उम्मेदवार भएको कलम चिन्हको मत सङ्केतलाई समेत बदर गरी गणना गरेको र यसबाट मत परिणाममा असर परी, उपविजेता हुने उम्मेदवारले जित्ने र जित्ने उम्मेदवारले हार्ने अवस्थाको गणितीय अवस्था देखापरेको श्रेष्ठले निवेदनमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ३ : १७ बजे