Logo

समाचार

हत्या आरोपमा एक पक्राउ



काठमाडौं । पर्सामा हत्यामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् ।

ठोरी गाउँपालिका-५ ठूलो बाघमोर्चामा बस्ने २३ वर्षीय प्रवीण पाख्रिनलाई शुक्रबार साँझ पौने ५ बजे ठोरी-५ स्थित बाघमोर्चा मन्दिरको छेउमा अज्ञात व्यक्तिहरूले ढुंगाले टाउको र अनुहारमा प्रहार गरी अचेत बनाएर फरार भएका थिए ।

उनको वीरगन्जस्थित एलएस न्युरो हस्पिटलमा आइतबार बिहान ११ बजे उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनाको अनुसन्धानको क्रममा स्थानीय एक १७ वर्षीय किशोरलाई शनिबार नियन्त्रणमा लिई ज्यानसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साथै उक्त घटनामा सलंग्न भएको भन्ने हालसम्मको अनुसन्धानबाट खुलेका अन्य ३ जना व्यक्तिहरू फरार रहेकाले उनीहरुको खोजतलास तदारुकताका साथ भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे हालसम्मको अनुसन्धानले मृतक र आरोपीहरू सबै साथीभाइ रहेको र घटनाको दिन झगडा भएपछि तत्कालै आक्रोशमा पाख्रिनको हत्या गरिएको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  १ : २३ बजे