Logo

मुख्य समाचार

डाक्नेश्वरी नगरपालिकाको प्रमुख र उपप्रमुख एमालेले जित्यो



काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् ।

नगरप्रमुखमा एमालेका रामलखन मलाहा पाँच हजार ८५४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण यादवलाई पराजित गर्दै मलाहाले जित हासिल गरेका हुन् ।

यादवले पाँच हजार ३९६ मत ल्याए । उपप्रमुखमा पनि एमालेकै मीराकुमारी यादव विजयी भएकी छिन् । उनले जसपाकी इन्दुदेवी यादवलाई पराजित गरेकी हुन् ।

मीराकुमारीले ६ हजार १९७ मत ल्याएर निर्वाचित भइन् भने पराजित इन्द्रदेवीले पाँच हजार २०९ मत ल्याइन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ३ : ४६ बजे