Logo

समाचार

भंगहा नगरपालिकाको प्रमुखमा लोसपा र उपप्रमुखमा कांग्रेस विजयी



काठमाडौं । महोत्तरीको भंगहा नगरपालिकाको प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

मत परिणामअनुसार आज भंगहामा प्रमुखमा लोसपा नेपालका सञ्जीवकुमार साह पाँच हजार ६१७ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजय मण्डलले पाँच हजार ३५४ मत ल्याएका छन् ।

सो पालिकाको उपप्रमुखमा कांग्रेसका शान्तिकुमारी सिंहले पाँच हजार ७७५ मत ल्याएर विजयी भएकी छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोसपा नेपालका गङ्गाकुमारी सिंह दनुवारले पाँच हजार ३५५ मत प्राप्त गरे ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  १ : ०५ बजे