Logo

मुख्य समाचार

सिराहाको मिर्चैया नगरपालिकाको मेयरमा माओवादी केन्द्रका यादव विजयी, उपमेयरमा पनि माओवादी कै जिवछी



काठमाडौं। सिराहाको मिर्चैया नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। मिर्चैयाको मेयर र उपमेयरमा नै माऔवादी विजयी भएको हो।

मेयरमा माओवादी केन्द्रका श्रवण कुमार यादव ५ हजार २३३ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सिताराम यादवले ४ हजार ७१० मत ल्याए।

मेयरमा नेकपा एमालेका प्रदीप महासेठले ३ हजार ७०४ र जनमत पार्टिका जागेश्वर साह तेलीले २ हजार ९६६ मत ल्याए।

उपमेयरमा माओवादी केन्द्रकी जिवछी देवी ५ हजार ७० मत ल्याउँदै विजयी भइन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी अनिता साहले ५ हजार २६ मत ल्याइन्।

उपमेयरमा एमालेकी शोभा देवी साहले ३ हजार ८७७ र जनमत पार्टीकी सरिता कुमारी शर्माले २ हजार ७८६ मत ल्याइन्।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  १२ : ४२ बजे