Logo

निर्वाचन विशेष

सप्तरीको राजविराज नगरपालिकामा जसपा विजयी



सप्तरी । राजविराज नगरपालिका मेयरमा जनता समाजवादी पार्टीका भीमराज यादव निर्वाचित भएका छन् ।

यादव ९ हजार ५४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका शम्भु यादवले ४ हजार ७ सय १८ मत प्राप्त गरे ।

उपमेयरमा जसपाकै इसरत प्रविण ६ हजार ७ सय ९६ मत प्राप्त गरी निर्वाचित भइन् । उनका प्रतिस्पर्धी सुशीला यादवले ४ हजार २ सय ३० मत प्राप्त गरिन् ।इसरत राजविराज नगरपालिकाको मुस्लिम समुदायको पहिलो उपमेयर हुन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ६ : ४७ बजे