Logo

मुख्य समाचार

हेटौंडामा लामाको अग्रता कायमै, सिंह तेस्रोमा झरे



हेटौँडा । हेटौँडा उपमहानगरपालिका मेयरको मतपरिणाम रोचक बन्दै गएको छ । मेयरमा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रता कायमै राखे पनि एमालेका उम्मेदवार अनन्त पौडेलले मतान्तर घटाउँदै लगेका छन् ।

२ हजारभन्दा बढीको मतान्तर बनाएकी लामा अहिले पौडेलभन्दा ८५० मतान्तरले अघि छन् । ५१ हजार १११ मत गणना भइसक्दा मेयरमा लामाले १५ हजार ८२६ र पौडेलले १४ हजार ९७६ मत प्राप्त गरेका छन् । राप्रपाका दीपकबहादुर सिंहले १४ हजार ४१७ मत सहित तेस्रो स्थानमा छन् ।

उपमेयरमा गठबन्धनबाट उम्मेदवार कांग्रेसका राजेश बानियाँलेअग्रता बढाउँदै लगेका छन् । बानियाँ २३ हजार २ मत प्राप्त गर्दै अग्रस्थानमा रहँदा निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले १६ हजार ७३५ मत पाएकी छन् । राप्रपाकी इन्दिरा न्यौपाने डल्लाकोटीले ३ हजार ५९४ मत पाएकी छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ९ : ४९ बजे