Logo

मुख्य समाचार

बनेपा नगरपालिकाको मेयरमा काँग्रेस विजयी



काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको मेयरमा नेपाली काँग्रेस विजयी भएको छ । गठबन्धन तर्फबाट काँग्रेस उम्मेदवार शान्ति रत्‍न शाक्यले १३ हजार ७९३ मतसहित जित हात पारेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रत्‍न कुश रंजितकारले ११ हजार ८३५ मत मात्र पाए । यस्तै उपमेयरमा भने एमालेकी विमला सापकोटा दाहलले ११ हजार ९९२ मतसहित निर्वाचित भएकी छन् ।

उनले गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा एकीकृत समाजवादीका रगुबर चौ प्रधानले १० हजार ५१५ मत पाए । ०७४ मा मेयर उपमेयर जितेको एमालेले यसपटक मेयर गुमाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ७ : ५६ बजे