Logo

मुख्य समाचार

घोराही उपमहानगरपालिकामा एमाले विजयी



दाङ । दाङको घोराही उपमहानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लगि एमालेका नरुलाल चौधरी निर्बाचित भएका छन् ।

चौधरीले गठबन्धनबाट माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार हेमराज शर्मा (डायमण्ड)लाई ५ हजार ३३० मतले हराउदै विजयी भएका हुन् । चौधरीले ३१ हजार ७२८ मत प्राप्त गर्दा शर्माले २६ हजार ३६८ मत प्राप्त गरे ।

यस्तै नगर उपप्रमुखमा पनि एमालेकै हुमा डिसी झिनो मतले विजयी भएकी छन् । डिसीले गठबन्धनबाट काँग्रेसका नगर उपप्रमुखका उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतले पछि पार्दै विजयी भइन् । डिसीले ३ हजार ४०३ मत प्राप्त गर्दा डाँगीले ३ हजार ३५४ मत प्राप्त गरे ।

डिसी र डाँगीबीच कडा प्रतिस्पर्धा रह्यो । नगरउपप्रमुखमा पनि सुरुवाति चरणमा डाँगीले भारी मतले डिसीलाई पछि पारेका थिए । तर वडा नं १, १४ मा मतगणना गरेपछि भने डाँगी पछाडि परेका हुन् ।

घोराहीमा एमालेले १९ वटा मध्ये १३ वडा जितेको छ भने गठबन्धनबाट कांग्रेसले ५ र माओवादीले १ वडा जितेको छ । घोराहीमा काँग्रस, माओवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका थिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ७ : ३९ बजे