Logo

मुख्य समाचार

टोखा नगरपालिकाको मेयरमा एमाले विजयी



काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमाले विजयी भएको छ । एमालेबाट मेयरका उम्मेदवार प्रकाश अधिकारी १० हजार ३ सय ४० मत ल्याएर निर्वाचित भएका हुन् । अधिकारीले निकटतम प्रतिस्पर्धी काँग्रेसकी रजनी थापालाई १ सय ७४ मतान्तरले पराजित गरे । थापाको १० हजार १ सय ७७ मत आएको छ ।

नगरपालिका उपमेयरमा भने काँग्रेसका मुरारी तामाङ निर्वाचित भएका छन् । उनले १० हजार १ सय ३२ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार ज्ञानमाया डंगोलले ९ हजार ५ सय १८ मत ल्याएकी थिइन् ।

एमालेका अधिकारी दोस्रो कार्यकालका लागि टोखाको मेयरमा निर्वाचित भएका हुन् । उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि मेयरमा जित हासिल गरेका थिए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ७ : २५ बजे