Logo

निर्वाचन विशेष

बागलुङ नगरपालिकाको मेयरमा कांग्रेसका श्रेष्ठ विजयी



बागलुङ । बागलुङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १२ हजार ८०५ मत प्राप्त गरे ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार तथा निर्वतमान नगरप्रमुख जनकराज पौडेलले ६ हजार २८४ मत प्राप्त गरे । श्रेष्ठले पौडेललाई ५ हजार ५२१ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पौडेलले श्रेष्ठलाई २ हजार २९५ मत अन्तरले पराजित गरेका थिए ।

नगरपालिकाको उपमेयरमा गठबन्धनकै उम्मेदवार नेकपा माओवादी केन्द्रका राजु खड्का निर्वाचित भएका छन् । खड्काले १० हजार ९९८ मत प्राप्त गर्दा एमाले राप्रपाका उम्मेदवार राप्रपाका सञ्जय खड्काले ६ हजार ६४५ मत प्राप्त गरे ।

अघिल्लो निर्वाचनमा बागलुङ नगरपालिकाका १४ मध्ये ११ वडामा जित निकालेको एमाले यसपटक ३ वटा वडामा सीमित भएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ७ : ०६ बजे