Logo

निर्वाचन विशेष

दाङको दंगीशरण गाउँपालिकामा कांग्रेसका उम्मेदवार निर्वाचित



दाङ । दंगीशरण गाउँपालिका, दाङको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका शम्भु गिरी ५ हजार ४६७ मत प्राप्त गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मेघनाथ शाहलाई १ हजार ४१८ मत अन्तरले पराजित गरे । एमालेका शाहले ४ हजार ४९ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका मनिराम चौधरीले १ हजार ७८३ मत पाए ।

उपाध्यक्षमा कांग्रेसकै पिमाकुमारी वली २६८ मत अन्तरले निर्वाचित भइन् । वलीले ४ हजार ५७९ मत प्राप्त गरेकी छिन् । उनी २०७४ को निर्वाचनमा पनि उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी बुधनी चौधरीले ४ हजार ३११ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रकी निर्मला वलीले १ हजार ८४६ मत पाएकी छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ९ : १७ बजे