Logo

मुख्य समाचार

हेटौंडा उपमहानगरः एमालेको किल्लामा राप्रपाको अग्रता



काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ । २२ हजार ८ सय ५० मतगणना हुँदा नेकपा एकिकृत समाजवादीलाई १ सय ९८ मतले पछि पारेको हो ।

राप्रपाका दिपक बहादुर सिंहले ८ हजार २ सय ६५ मत ल्याएर अगाडि छन् भने गठबन्धनबाट उम्मेदवार रहेकी एकीकृत समाजवादीकी मीना कुमारी लामाको ८ हजार ६७ मत आएको छ ।

यस्तै कमल थापा नेतृत्वको राप्रपा नेपालको समर्थन रहेको नेकपा एमालेका उम्मेद्वार अनन्त पौडेल ६ हजार ५सय २१ मत सहित तेस्रो स्थानमा छन् । उपमेयर तर्फ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका राजेश बानियाँले भने मतान्तर फराकिलो बनाउँदै लगेका छन् । बानियाँको ११ हजार ७ सय ११ मत रहेको छ भने निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा काफ्लेको ८ हजार ३३ मत मात्रै रहेको छ ।

राप्रपाकी इन्दिरा न्यौपानेको भने जम्मा १ हजार १० मत मात्रै आएको छ । नेकपा एमालेको किल्ला रुपमा चर्चामा रहेको हेटौंडा उपमहानगर यस पटक भने प्रतिस्पर्धामा कमजोर देखिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ८ : २७ बजे