Logo

Breaking News 1

प्रधानमन्त्री देउवा र भारतीय कमकक्षी मोदीले गरे मायादेवी मन्दिरमा प्रार्थना



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले आज लुम्बिनीस्थित मायादेवी मन्दिरमा प्रार्थना गरेका छन् ।

एक दिने नेपाल भ्रमणको सिलसिलामा भारतीय प्रधानमन्त्री मोदी आज विहान १०ः४५ बजे लुम्बिनी आइपुगेका हुन् ।

भारतीय वायु सेनाको हेलिकप्टरमा मोदी लुम्बिनी आएका हुन् । उनलाई प्रधानमन्त्री देउवाले स्वागत गर्नु भएको थियो ।

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन आएका हुन् ।

उनी आजै भारत फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १२ : ३२ बजे