Logo

मुख्य समाचार

रोल्पाको गंगादेवमा माओवादी केन्द्रलाई विरासत जोगाउन सकस, ५ वडा सहित काङ्ग्रेस विजयी



रोल्पा । जिल्लाको गंगादेव गाउँपालिकामा माओवादी केन्द्रलाई विरासत जोगाउन सकस परेको छ । ७ ओटा वडा रहेको पालिकामा माओवादी केन्द्रले एउटा वडामा मात्र विजयी प्राप्त गरेकको छ ।

गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा २५४८ मतका साथ नेपाली कांग्रेसका हरिबहादुर पुनमगर विजयी भएका छन । एमालेका रोशनकुमार वलीले २४९९ मत ल्याए ।

यसअघि गाउँपालिका अध्यक्ष रहेका नेकपा माओवादी केन्द्रका वीरवहादुर खत्री तेस्रो र विप्लव नेतृत्वको नेकपाका नेता चुडामणी वली चौथो स्थानमा रहेका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका अमृता केसी वली २९०९ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी निर्मलाकुमारी वलीले २४४२ मत पाइन् ।

कांग्रेस वडानम्बर १,२,४,५ र ७ मा विजयी भएको छ । १ मा अमृतवहादुर वली, २ मा अमरवहादुर थापा, ४ मा कृष्ण वली, ५ मा अमृत बुढा र वडा नंं ७ मा प्रेमप्रकाश केसी विजयी भएका छन् ।

वडानम्बर ६ मा एमालेका वीरवहादुर वली र ३ नेकपा माओवादी केन्द्रका लोकमान वली विजयी भएका छन् । सो वडाको वडा सदस्यहरुमा भने स्वतन्त्र उमेदवार विजयी भएका छन् ।

यो गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठवन्धन गरेका थिए ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ११ : ०३ बजे