Logo

Breaking News 1

लगभग दोब्बर बढी मतले केशव स्थापित भन्दा अगाडि लागेको लाग्यै बालेन



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह एमालेका उम्मेदवार केशव स्थापित भन्दा लगभग दोब्बर बढी मतले अग्रता कायम गर्दै अगाडि बढिरहेका छन् ।

पछिल्लो प्राप्त मत परिणामअनुसार साहले ३ हजार १ सय १० मत प्राप्त गरेका छन् भने उनलाई पछ्याईरहेका एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ६ सय ४५ मत पाएका छन् ।

त्यस्तै गठबन्धनतर्फकी उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले १ हजार ६ सय २ मत पाएकी छिन् ।

यस्तै,यसैगरी उपप्रमुखमा एमालेको तर्फबाट उम्मेदवारी दिएकी सुनिता डंगोलले २ हजार मतका साथ अग्रता लिएकी छन् भने गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५ सय ८० मतका साथ उनलाई पछ्याइरहेका छन् ।

यसैगरी राप्रपाकी बिनिता मगैया ५ सय १३ मत पाएकी छिन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ३ : २५ बजे