Logo

मुख्य समाचार

खोटाङमा नेकपा एसका दुई वडाध्यक्ष निर्वाचित



काठमाडौं । खोटाङका दुई वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्ष चुनिएका छन् ।

केपिलासगढी गाउँपालिका-२ खार्ताम्छामा मिलन राई र केपिलासगढी गाउँपालिका-३ बासपानीमा तुलाराम राई विजयी भएका हुन् । माओवादी केन्द्र र जसपासँगको गठबन्धनमा उनीहरु वडाध्यक्ष चुनिएका हुन् ।

खार्ताम्छामा दुई खुला सदस्य जसपाको र दुई सदस्य नेकपा एकीकृत समाजवादीका विजयी भएका छन् ।

बासपानीमा दुई खुला सदस्य माओवादी केन्द्रको र दलित महिला सहित दुई महिला सदस्य नेकपा एकीकृत समाजवादीको निर्वाचित भएका हुन् । खुला दुई सदस्य पनि महिला छन् । बासपानीमा वडाध्यक्ष पुरुष र चार सदस्य महिला भएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १० : १२ बजे