Logo

निर्वाचन विशेष

मकवानपुरगढी-१ र ८ मा कांग्रेसको प्यानलै विजयी



काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका दुई वटा वडामा कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् मकवानपुरगढी-१ आइत सिं लो र ८ मा कुमार घिसिङ वडाध्यक्षमा निर्वाचित भए ।

१ हजार ४५९ मत खसेको १ नम्बर वडामा लोले ७९३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका वडाध्यक्षका उम्मेदवार गोपाल लुङवाले ४११, माओवादी केन्द्रका विजय थिङले १६५ मत प्राप्त गरे ।

वडा नम्बर ८ को वडाध्यक्ष पदमा कांग्रेसका कुमार घिसिङ विजयी भएका छन् । १ हजार ८१ मत खसेकोमा ८ नम्बर वडामा घिसिङले ४४८ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विनोद पुडासैनीले ३५०, माओवादी केन्द्रका उम्मेदवार गुन्जरत्न लुम्बाले २२१ मत प्राप्त गरेका छन् ।

१ र ८ नम्बर वडाको मत गणना गरिसक्दा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका अध्यक्ष पदका उम्मेदवार दोर्जे लामा स्याङ्तानले १ हजार ४३२ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार विदुर हुमागाईंले ७८० मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रकी मानकुमारी पाख्रिनले १ हजार २१८ मत प्राप्त गर्दा एमालेकी सन्तु थिङले ७९३ मत प्राप्त गरेकी छिन् ।

मकवानपुरगढी गाउँपालिकामा अहिले वडा नम्बर २ र ७ को मतगणना सुरु भएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ९ : ५३ बजे