Logo

Breaking News 1

भरतपुरमा रेनु दाहालले ११७८ मत ल्याएर अग्र स्थानमा



चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनले अग्रता कायमै राखेको छ।

सत्ता गठबन्धनबाट मेयर उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ११७८ मत ल्याएर अग्रता कायमै राखेकी छन्। उनले नेकपा एमालेका विजयी सुवेदीलाई पछि पारेकी हुन्। सुवेदीले १०६८ मत पाएका छन्।

यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४११ मत पाएका छन्।

भरतपुर महानगरपालिकामा अहिलेसम्म ३१६८ मत गणना भएको छ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ८ : २५ बजे

हेल्पिङ हर्ट नेपालको सहयोगमा विपन्न परीवारलाई कम्बल वितरण सिरहा । तराई मधेशका जिल्लामा चिसोबढेसँगै सिराहाका विभिन्न पालिकामा अतिविपन्न घर परीवारलाई कम्बल वितरण गरिएको छ।  हेल्पिङ हर्ट नेपालको सहयोगमा जिल्लाको लहान, गोलबजार, महनौर र अर्नमा गाउँ पालिकामा गरी २५० गरिव, दलीत, विपन्न तथा एकलमहिलालाई कम्बल प्रदान गरिएको हो । सिराहामा बढ्दो सितलहरका कारण विपन्न परिवारका सदस्यको कठ्याङ्ग्रिएर मृत्युसम्म हुने गरेकाले चिसोबाट जोगिन जिल्लाको लहान नगरपालिकाको ५ र १९ नम्वर वडामा ५०/५० थान, गोलबजार नगरपालिका ११ थान, नरहा गाउँपालिका ३ थान र खोरिया, अर्नमागाउँ पालिका १ थान, महनौरमा ५०/५० घर परीवारलाई कम्बल प्रदान गरिएको संस्थाका जिल्ला संयोजक जियाउद्दिन खानले बताए ।