Logo

मुख्य समाचार

काठमाडौं महानगरमा केहीबेरबाट मतगणना सुरु हुँदै



काठमाडौं । शनिबार बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने भनिएको काठमाडौं महानगरपालिकामा अहिलेसम्म सुरु हुन सकेको छैन् । उम्मेदवारहरूका प्रतिनिधि राख्ने विषयमा सहमति नजुट्दा मतगणना कार्यमा ढिलाई भएको थियो ।

अब भने स्वतन्त्र उम्मेदवारको तर्फबाट एक उम्मेदवार एक प्रतिनिधि राख्ने सहमति जुटेको छ । सहमति जुटेसँगै केहीबाट मतगणना सुरु गर्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको छ ।

महानगरको वडा नम्बर १ र ३२ बाट सबैभन्दा पहिला मतगणना सुरु हुनेछ । यसअघि स्वतन्त्र उम्मेदवारको तर्फबाट प्रतिनिधि राख्ने विषयमा विवाद उत्पन्न भएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले पाँच जना स्वतन्त्र उम्मेदवार बराबर एक प्रतिनिधि राख्ने कुरा भएपछि स्वतन्त्र उम्मेदवारहरूले विरोध गरेका थिए । जसले गर्दा मतगणनाको कार्य ढिलाई भएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ९ : ४७ बजे