Logo

मुख्य समाचार

साँफेबगरको बाब्लामा गठबन्धनबीच झडप, मतदान स्थगित


३० बैशाख २०७९, शुक्रबार  

0
Shares

धनगढी । अछामको साँफेबगर नगपालिका–१३ बाब्लामा झडप हुँदा मतदान स्थगित भएको छ ।

मतदान जारी रहेकै बेला गठबन्धन पक्ष र एमाले कार्यकर्ताबीच झडप भएपछि अछामको बाब्लामा मतदान स्थगित भएको हो ।

बाब्लामा नेकपा एमाले–माओवादी केन्द्र र कांग्रेस–नेकपा एकीकृत समाजवादी गठबन्धनबीच झडप भएको प्रहरीले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक जनक शाहीले दुई गठबन्धनबीच झडप भएपछि मतदान स्थगित भएको बताए । झडपपछि मतदान अधिकृत र मतपेटिकाको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । झडपमा भएको क्षतिबारे जानकारी प्राप्त भइनसकेको बताए ।

अहिले मतदान स्थललाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १० : २६ बजे