Logo

मुख्य समाचार

मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा सुर्खेतमा एमालेका वडाध्यक्ष उम्मेदवार पैसासहित पक्राउ



काठमाडौं । मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा प्रहरीले सुर्खेतमा एमालेका वडाध्यक्ष उम्मेदवारलाई पक्राउ गरेको छ ।

बुधबार राति मतदातालाई पैसा बाँडिरहेको अवस्थामा गुर्भाकोट नगरपालिका-११ का वडाध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनको साथबाट एक लाख १ हजार रुपैँयासमेत बरामद गरेको छ । ‘नगदसहित पक्राउ परेका उम्मेदवारलाई निर्वाचन कार्यालयको जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  १० : ३५ बजे