Logo

मुख्य समाचार

सुर्खेतमा एमाले र कांग्रेस कार्यकर्ताको झडप मिलाउन गएको प्रहरीमाथि नै एमालेका कार्यकर्ताले गरे अक्रमण



काठमाडौं । सुर्खेतामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीचको झडप मिलाउन गएको प्रहरी टोलीमाथि नै आक्रमण भएको छ ।

सिम्ता गाउँपालिका–६ ऋषि डाँडामा कांग्रेस र एमालेका कार्यकर्ताबीच गएराति झडप भएको थियो । झडपमा चार प्रहरी र दुई एमालेका कार्यकर्ता गरी ६ जना घाइते भएका छन् ।

एमालेका कार्यकर्ता ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्र विक घाइते भएका हुन् । झडपको सूचना पाएपछि पुगेको प्रहरी टोलीलाई नै एमालेका कार्यकर्ताले आक्रमण गरेका हुन् ।

कांग्रेस कार्यकर्ता भने प्रहरी आएपछि पडाडि हटेका थिए । घाइतेहरुको नेपाल्गञ्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १ : २१ बजे