Logo

कला/साहित्य

शिशिर मोथेको मर्मस्पशी गीत ‘आमा’ सार्वजनिक



काठमाडौं । गायक तथा गीतकार शिशिर मोथेले स्वर्गीय आमाको सम्झनामा मर्मस्पशी गीत ‘आमा’ सार्वजनिक गरेका छन् ।

गीतमा गायक मोथेकै शब्द रहेको छ । गीतका शब्दहरुले स्वर्गीय आमालाई वैतरणी तर्न सहज होस् भन्ने भाव व्यक्त गरिएको गायक मोथेले बताए । जसमा एक जुनी हैन हरेक जुनी मेरै आमा भएर जन्मिन आमालाई आग्रह गरिएको छ ।

गीतमा संगीत तथा गीतार विवेक खत्रीको रहेको छ । बासुरी भुवन ढकाल,मिम्स तथा मास्टर रजत विश्वास,क्यामरा जेएस क्रियशन,निर्देशन विक्की प्रधान, भिडियो सम्पादन तथा प्रोडक्सन विक्की इन्टटेन्टमेन्टले गरेको छ ।

शिशिरले यो गीत आमाको कोरा बसेको सययमा सृजना गरेर भिडियो बनाएका हुन् । उनको आमाको निधन भएको अगस्ट १ मा एक वर्ष हुन्छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : ४१ बजे