Logo

विश्व

खानाको पार्सलमा सर्पको छाला फेला पारेपछि…



काठमाडौं । हालै एक ग्राहकले आफ्नो खाना वितरण पार्सलमा सर्पको छाला फेला पारेपछि केरलाको एउटा होटेल बन्द गरिएको थियो ।

यही ५ मेमा आमा र छोरीले होटलबाट खाना अर्डर गर्ने क्रममा सर्पको छाला फेला परेको इन्डिपेन्डेन्टले जनाएको छ ।

तिरुवनन्तपुरमको नेदुमंगडु क्षेत्रको एक होटल रेस्टुरेन्टबाट किनेको परौठा प्याक गर्न प्रयोग गरिएको कागजमा उनीहरूले सर्पको छाला फेला पारेका थिए । प्रिया नाम गरेकी आमाले आफू र छोरीलाई खाजाका लागि दुई पिस परौठा र केही चटनी मगाएकी थिइन् ।

छोरीले आफ्नो भागको परौठा सकिसकेपछि आफूले खान लाग्दा उनले र्‍यापिङ पेपरमा सर्पको छालाको अंश फेला पारिन । तुरुन्तै प्रियाले प्रहरीलाई सम्पर्क गरिन् ।

प्रहरीको निर्देशनमा उनले खाद्य सुरक्षा अधिकारीहरूलाई जानकारी गराएकी थिइन् ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ३ : १७ बजे