Logo

विश्व

ताइवानको पूर्वी तटमा शक्तिशाली भूकम्प



काठमाडौं । ताइवानको पूर्वी तटमा सोमबार ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पलगत्तै ताइपेइका भवन तथा संरचनाहरू हल्लिएका थिए । भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भएको छैन् ।

पूर्वी तटमा केन्द्रबिन्दु रहेको सो भूकम्पको गहिराई २७ दशमलब ५ किलोमिटर रहेको थियो । भूकम्प ताइवानभर महसुस गरिएको थियो । दुई टेक्टोनिक प्लेटको सँगमनजिकै रहेको ताइवान भू-कम्पको जोखिममा छ ।

ताइवानमा बारम्बार भूकम्प जाने गरेको छ । सन् २०१६ मा दक्षिणी ताइवानमा गएको भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

त्यस्तै, सन् १९९९ मा ७ दशमलब ३ म्याग्निच्युडको भूकम्पले २ हजारभन्दा बढीको ज्यान लिएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १ : ५२ बजे