Logo

निर्वाचन विशेष

गठबन्धन झन कसिलो बनेको छ,वडा तहसम्म जान्छ : नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले गठबन्धन झन कसिलो बन्दै गएको बताएका छन् ।
यो गठबन्धन वडा तहमा पनि कायमै हुने उनले जानकारी गराए । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा उनले पालिका प्रमुखमा जस्तै वडा तहमा पनि सहमतिको प्रयास भइरहेको जानकारी दिएका हुन् ।

अध्यक्ष नेपालले काँग्रेस, माओवादी केन्द्रसहित गठबन्धन आवद्ध दलका उम्मेदवारलाई पनि निर्वाचित गर्न आफ्ना नेता तथा कार्यकर्तालाई आह्वान गरे । बिहीबार गठबन्धनको कार्यदलको बैठक बस्न लागेको जानकारी दिँदै उनले सहमतिका साथ गठबन्धन अघि बढ्ने बताए ।

स्थानीय तहमा गठबन्धनबीच सहमति कायम गरेर उम्मेदवारलाई निर्वाचित गराउने विषयमा छलफल गर्न कार्यदलको बैठक बस्न लागेको भन्दै उनले केही पालिकामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका जानकारी दिए ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ३ : ४७ बजे