Logo

निर्वाचन विशेष

समाजवादी र एमालेका उम्मेदवार निविरोध निर्वाचित



काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मनोनयन कै दिन नेकपा (एकिकृत समाजवादी)ले डोल्पाबाट आफ्ना उम्मेदवार बिजयी भएको जनाएको छ ।

समाजवादीका तर्फबाट उम्मेदवारी दिएका दुई गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

काइके गाउँपालिका अध्यक्ष अङ्गत राना, छार्का ताम्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ निर्विरोध भएका हुन् । त्यस्तै, डोल्पो बुद्ध गाउपालिका उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, एकिकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेका ६ जना वडा अध्यक्षहरु पनि निर्विरोध भएका छन् ।

उत्ता नेकपा एमालेका नेता शेरबहादुर बुढाले दिएको जानकारी अनुसार छार्का ताङसोङ गाउँ पालिका उपाध्यक्ष कार्मा सिंडुल गुरुङ र दुई वडा अध्यक्ष निर्विरोध निर्वाचित भएको बताएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ६ : ४० बजे