Logo

निर्वाचन विशेष

आजबाट मतपत्र ढुवानी गर्दै निर्वाचन आयोग



काठमाडौं । निर्वाचन आयोगले आजबाट जिल्लामा मतपत्र ढुवानी सुरु गर्ने जनाएको छ ।

आगामी बैशाख ३० गतेका लागि तय स्थानीय तह निर्वाचनका लागि आयोगले आजबाट जिल्लामा मतपत्र ढुवानी सुरु गर्न लागेको हो ।

आयोगले यसअघि नै निर्वाचन प्रयोजनका अन्य सामग्री ढुवानी गरिसकेको जनाएको छ । आयोगकाअनुसार हालसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छाप्ने काम सकिएको छ ।

एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको आयोगले बाँकी मतपत्र छाप्ने काम पनि धमाधम भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ६ : २७ बजे