Logo

मुख्य समाचार

स्थानीय तहमा कांग्रेसका पाँच प्राथमिकता



काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहमा पाँच वटा विषयलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले आज सार्वजनिक गरेको घोषणापत्रमा पाँच प्राथमिकताका क्षेत्र उल्लेख गरिएको छ ।

कांग्रेसले दिने पाँच प्राथमिकताका क्षेत्रमा स्वास्थ्य, शिक्षा, सेवा प्रवाह, स्थानीय पूर्वाधार र कृषि, उद्यम र रोजगारी रहेका छन् ।

आगामी पाँच वर्षमा स्थानीय तहको विकास र समुन्नतिका लागि ती क्षेत्रलाई प्राथमिकतामा राखिएको घोषणापत्रमा उल्लेख छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ५ : १७ बजे