Logo

समाचार

ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु



जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४ सुगागाउँमा शनिबार साँझ ट्याक्टरले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीया देवकली देवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । स्थानीय २७ वर्षीय इजमामुल मन्सुरले गाउँको भित्री सडकखण्डमा चलाउँदै गएको ज१त ९९४८ नंको ट्याक्टरले सडकमै हिँडिरहेकी देवकलीलाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ९ : ४४ बजे