Logo

धर्म / संस्कृति

आजको राशिफल २०८० मंसिर ८ गते



आज मिति २०८० मंसिर ८ गते, शुक्रबार, २४ नोभेम्बर २०२३। कार्तिक शुक्लपक्ष द्वादशी तिथि, १८ः२४ बजेपछि त्रयोदशी। रेवती नक्षत्र, १६ः११ बजेपछि अश्विनी। चन्द्रराशि मीन, १६ः११ बजेपछि मेष।

मेष राशि

साँझतिर स्थितिमा सुधार आउनेछ। इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ।

बृष राशि

साँझतिर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ। टाढाको यात्रा हुने सम्भावना देखिन्छ।

मिथुन राशि

पुरानो समस्या सुल्झानाले विविन्न अवसर प्राप्त हुनेछन्। उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ।

कर्कट राशि

साँझदेखि स्थितिमा सुधार आउनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। कर्मयोगले नाम, दाम र इनाम दिलाउनेछ।

सिंह राशि

साँझतिर केही उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।

कन्या राशि

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम भने दोहोर्याउनुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ।

तुला राशि

व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। साँझतिर रमाइलो पारिवारिक भेटघाट पनि हुनेछ।

बृश्चिक राशि

आम्दानीका स्रोत पनि बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका पनि दिलाउन सक्छ।

धनु राशि

पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। मान्यजनको सहयोगले तत्कालको अन्योल भने टर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

मकर राशि

साँझतिर पारिवारिक असमझदारी बढ्नाले चिताएको काम रोकिन सक्छ। अरूको विश्वास गर्दा धोका हुन सक्छ।

कुम्भ राशि

साँझतिर कर्मयोगले नयाँ मोड लिनेछ। मिहिनेतले आम्दानीको स्रोत बढ्नेछ भने पछि फाइदा हुने काममा पनि सम्झौता गर्ने समय छ।

मीन राशि

अतिथिका रूपमा सत्कार पाइनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ६ : ०० बजे