Logo

मुख्य समाचार

नाट्टाको अध्यक्षमा रमेश थापा निर्वाचित



काठमाडौं । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) को अध्यक्षमा रमेश थापा विजयी भएका छन्।

पर्यटन व्यवसायीको पुरानो छाता सङ्गठन नाट्टाको बिहीबार सम्पन्न निर्वाचनबाट थापा विजयी भएका हुन् । उनले प्रतिस्पर्धी विनय बस्नेतलाई पराजित गर्दै जित हासिल गरेका हुन् ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रमोद ढकाल, उपाध्यक्षमा वरुण मेहता, महासचिवमा कुमारमणि थपलिया, सचिवमा युविका भण्डारी, कोषाध्यक्षमा राजकुमार देवकोटा र सहकोषाध्यक्षमा गीता ढकाल (रेजु) निर्वाचित भए।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ९ : ५० बजे