Logo

अर्थ

बिहीबार ११ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा ११ सयले बढेको हो । बुधबार ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेको छ ।

चाँदी आज तोलामा १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  १० : ४७ बजे