Logo

मुख्य समाचार

लेटाङमा लगाइएको कर्फ्यू हट्यो



काठमाडौं । मोरङको लेटाङमा लगाइएको कर्फ्यू हटेको छ ।

चार दिनदेखि लगाइएको कर्फ्यु आज बिहानदेखि हटाइएको हो । गत सोमबार विहान ७ बजेदेखि लगाइएको कर्फ्यू आदेश आज बिहान ६ बजेदेखि हटाएको हो ।

लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले सोही विद्यालयकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपपछि सुरू भएको प्रदर्शन हिंसात्मक बनेको थियो ।

उत्तेजित भिडको आक्रमणमा परी महिला प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको निधन भएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ९ : ५३ बजे