काठमाडौं । देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा आगामी २४ घण्टाभित्र हल्का वर्षा हुने सम्भावना रहेको छ । तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । ती क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ । तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ ।
त्यस्तै, राति मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका अधिकांश भूभागमा आंशिक बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा पनि आंशिक बदली हुने महाशाखाले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ । तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।








प्रतिक्रिया