काठमाडौं । नेपाली बजारमा सुनको मूल्य दुई दिनमा प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ। सोमबार भने सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको थियो।
सोमबार प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार २ लाख ९० हजार ५ सय रुपैयाँमा झरेको हो।
यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला ११५ रुपैयाँले घटेको छ। चाँदीको मूल्य प्रतितोला ४ हजार ३९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सोमबार चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दुई दिनमा चाँदीको मूल्य प्रतितोला २६० रुपैयाँले घटेको छ।








प्रतिक्रिया