काठमाडौँ । कुमारी बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि २.१०३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको २.१०३ प्रतिशत नगद लाभांश (करसहित) सेयरधनीलाई वितरण गर्ने निर्णय गरेको हो। बैंकले यसपटक बोनस सेयर भने प्रस्ताव गरेको छैन।
हाल बैंकको चुक्तापुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ रहेको छ।
बैंकका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति लिएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिनेछ। साधारणसभाबाट पारित भएपछि उक्त लाभांश सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।








प्रतिक्रिया