Logo

खेलकुद

फुटबल खेलाडी लियोनल मेस्सीले लिए राष्ट्रिय टोलीबाट सन्न्यान




काठमाडौं । फुटबल खेलाडी लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट सन्न्यान लिने घोषणा गरेका छन् । 

सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका तथा सन् २०१४ र सन् २०२६ को विश्वकपको फाइनलसम्म पुर्‍याएका कप्तान  मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट बिदा हुने घोषणा सोमबार इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका हुन् । 

३९ वर्षीय मेस्सीले आफ्नो निर्णय निकै पीडादायी भएको बताएका छन् । मेस्सीले अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैं शतप्रतिशत दिएको दाबी गरेका छन् ।

आफ्नो प्रदर्शनमार्फत अर्जेन्टिनी समर्थकलाई खुसी र देशप्रति गर्व गर्ने अवसर दिन आफूले निरन्तर प्रयास गरेको पनि मेस्सीले बताएका छन् । 

उनको यो निर्णयसँगै अर्जेन्टिनाको राष्ट्रिय टोलीमा मेस्सी युगको औपचारिक अन्त्य भएको छ।

प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार  ६ : १७ बजे