Logo

अर्थ

कुमारी बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग



काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग जुट्न थालेको छ । एकद्वार प्रणालीमार्फत प्राप्त सहयोग अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुझ्दै आएका छन् ।

यसैक्रममा कुमारी बैंक लिमिटेडले आफ्नोतर्फबाट ३ करोड रुपैयाँ नगद सहयोग प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहितका उच्च अधिकारीहरूले उक्त रकम अर्थमन्त्री डा. वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

बैंकले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, खोज तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ ।

सरकारले रसुवा बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत तथा पुनस्र्थापनाका लागि विभिन्न संघसंस्था, निजी क्षेत्र तथा सर्वसाधारणबाट प्राप्त सहयोगलाई एकद्वार प्रणालीमार्फत परिचालन गर्दै आएको छ ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  १ : २४ बजे