Logo

विश्व

युक्रेनको राजधानी भ्रमण गर्ने बेलायती प्रधानमन्त्री जोन्सनको योजना



काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन रुसी हमलामा परेको युक्रेनको भ्रमण गर्ने योजना गरिरहेका छन् ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनविरुद्ध युक्रेनको समर्थन जनाउन प्रधानमन्त्री जोनसनले युक्रेन भ्रमणको योजना गरेका हुन् ।

प्रधानमन्त्रीले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गर्न युक्रेनको राजधानी किभको यात्राको व्यावहारिकता र मूल्य जाँच गर्न अधिकारीहरुलाई अनुरोध गरेका छन् ।

सुरक्षा अधिकारीहरूले प्रधानमन्त्रीको युद्धक्षेत्रमा यात्रा गर्ने सम्भावनालाई ‘निकै डरलाग्दो’ भएको बताएका छन् । असुरक्षाका कारण १ करोड मानिसहरुले देश छोडेको राष्ट्रसंघका उच्च आयुक्त फिलिप्पो ग्रान्डीले बताएका छन् । सुरक्षा अनुभूति भए जोनसनले भ्रमण गर्न सक्ने विवरणहरुमा जनाइएको छ ।

तर, राजधानी किभको अवस्थाले प्रधानमन्त्री भ्रमणमा गए उनको सुरक्षा सुनिश्चित गर्न कत्ति गाह्रो हुन्छ भन्ने देखाएको छ ।

मेयर भिटाली क्लिट्स्कोले शहरको पोडिल जिल्लामा बिस्फोटका तस्बीर सेयर गरेका छन् । रुसी सेनाले राजधानमा आवासीय भवन र सैन्य अखडलाई निशाना बनाउँदै आएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १ : ३७ बजे