Logo

अर्थ

सुनको मूल्य घट्यो 



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन मूल्य २०० रुपैयाँले घटेर ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ६७० रुपैयाँमा कारोबार भएको छ । आइतबार प्रतितोला ४ हजार ६४५ रुपैयाँ रहेको थियो । 

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ११ : ४९ बजे