Logo

समाचार

मलेसियन खिण्ड ब्राण्डका विद्युतीय सामग्रीहरु नेपालमा



काठमाडौं । बिगत ६० वर्षदेखि मेलेसियामा सेवा सेवा दिँदै आएको खिण्ड ब्राण्डका सामानहरु नेपालमा पनि लोकप्रिय बन्दै गएका छन् ।

केही समयअघि मात्रै नेपाल भित्रिएको खिण्ड ब्राण्डले आफ्नो प्रभावलाई तिव्र गतिमा बिस्तार गर्न सफल भएको छ ।

नेपालको लागि आधिकारीक विक्रेता रहेको सस्टेनेवल एप्लाइन्सेज नेपाल प्रा.लि ले अहिले खिण्ड ब्राण्डका विद्युतिय सामानहरु नेपालीका घरघरमा पु¥याइरहेको छ ।

मध्यमस्तरको वा उच्च जुनसुकै आय भएका ग्राहकहरुलाई हुने गरि सामानहरु नेपाल आयात गरिएको संस्थाका प्रमुख रविन सुवेदीले जानकारी दिए ।

काठमाण्डौबाट शुरु गरिएको आपूर्तिलाई अहिले पोखरा, चितवन लगायतका शहरहरुमा पनि विस्तार गर्दै लगिएको छ । कम्पनीले एयर कन्डिस्नर, एयर फ्रायर, फ्यान, इन्डक्सन चुल्हो, मल्टी कुकर, कफी मेकर, राइस कुकर लगायत विभिन्न सामानहरु आयात गरिरहेको छ ।

यस कम्पनीको सामानहरु गुणस्तरीय र विश्वसनीय भएको कम्पनीले दाबी गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  २ : ३३ बजे