Logo

Breaking News 1

न्याय सेवा आयोगको बैठक बस्दै, कर्मचारीको पदस्थापन र सरुवाको निर्णय हुन सक्ने


६ चैत्र २०७८, आइतबार  

0
Shares

काठमाडौं । न्याय सेवा आयोगको बैठक आज बस्दैछ । कायममुकायम प्रधानन्यायाधी दीपककुमार कार्कीले आजका लागि बैठक बोलाएका हुन् ।

नयाँ कर्मचारीको पदस्थापन र सरुवाका विषयमा निर्णय गर्न कार्कीले बैठक बोलाएको बुझिएको छ ।

लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भएका न्याय सेवाका शाखा अधिकृत तथा उपसचिवको परीक्षा उत्तीर्ण गरेका र बढुवा भएकाको पदस्थापन मुख्य एजेण्डाका रुपमा रहेको बताइएको छ ।

प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश मीरा खड्का, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य रहेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १ : ३० बजे